कर्णाली मुक्ती मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । मोर्चाले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन २९ र ३० गतेको भेलाले दुरगामी महत्वका १५ वटा नीतिगत निर्णय गरेको जानकारी दिएको हो ।
कर्णाली मुक्तिमोर्चा नेपालका संयोजक कर्णबहादुर भण्डारी ‘सी’द्वारा हस्ताक्षरित घोषणापत्रमा कर्णाली मुक्तीमोर्चाको लक्षित क्षेत्र कर्णाली राखिएको र कर्णालीको उत्पीडनविरुद्ध संघर्ष गर्न, आर्थिक, सामाजिक, सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धनको कदम चाल्न, कर्णालीबासीको साझाआवाजको लागि एकीकृत गर्न, वैदेशिक हस्तक्षेपविरुद्ध संघर्ष गर्न, एमसीसीलगायतका राष्टिघाती सन्धी सम्झौताको खारेज गर्न, भ्रष्टाचार, कमिशन, महँगी, कालोबजारी र वित्तिय संस्थाको चार्को व्याज, शोषण, आतंक विरुद्ध संघर्ष गर्न, जनतन्त्र, जनजिविका, राष्टिय स्वाधीनता, स्वतन्त्रता, समनता, शान्ति र समृद्धिको पक्षमा संघर्ष गर्ने लगायतका निणयस निर्णयहरु गरिएको कर्णाली मुक्तीमोर्चा नेपालले जानाएको छ ।
यसको लागि सम्बन्धित सरोकारवालासँग सहकार्य, समन्वय, छलफल, भेटघाट र अन्तरक्रिया गर्ने निर्णय पनि गरिएको छ । मंगलबार सार्वजनिक घोषणापत्रमार्फत २९ सदस्यीय कर्णाली मुक्ती मोर्चा, नेपालको गठन गरिएको छ ।
सार्वजनिक गरिएको निर्णयहरुमा यही चैत १५ गते मिटरब्याजसम्बन्धी समस्याको विरुद्ध अभियान संचालन गर्ने भनिएको छ ।