स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न डा. केसीकाे माग

हिमशिखर संवाददाता १२ श्रावण २०७८, मंगलवार १४:२५

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ६ बुँदे खबरदारीपत्र पठाउँदै उनले स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त्य गर्नुपर्ने नत्र भने उनलाई तत्काल पदमुक्त गर्नुपर्ने बताएका छन्।

‘अब उप्रान्त व्यापारी वा व्यवसायीहरूले नेता वा तिनका परिवारका सदस्यलाई करोडौँ घुस खुवाएर चोरबाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरू डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस्,’ डा. केसीले भनेका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै मागहरू पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुको विकल्प नभएको केसीको भनाइ छ।

Next Post

भर्खरै बिदाई गरे जस्ताे अबकाे सरकार गफाडी  नहाेस : सांसद महत

१२ श्रावण २०७८, मंगलवार १४:२५
प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतले भर्खरै गफाडी सरकारलाई बिदा गरेको बताउँदै उनले अबको सरकार पनि गफाडी हुने हो कि भन्ने चिन्ताले सताएको बताए । मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद महतले नवनियुक्त ऊर्जामन्त्रीले गरिबहरूलाई निःशुल्क बिजुली दिने समाचारले आफूलाई चिन्तित बनाएको बताए उनले मन्त्रीको अभिव्यक्ति झट्ट सुन्दा लोकप्रिय भए पनि कालान्तरमा जिब्रोको पासो […]

सम्बन्धित समाचार