रहेनन् महान फुटबलर पेले

महेश चाैलागाँई १५ पुष २०७९, शुक्रबार ०९:०२

ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। विभिन्न राेगकाे उपचार गराइरहेका पेलेकाे बिहीबार राति निधन भएकाे बिबिसीले जनाएकाे छ।

उनले २१ वर्षको करियरमा १,३६३ खेलमा विश्व कीर्तिमान १,२८१ गोल गरे, जसमा आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेले सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरी घोषित भएका थिए।

उनी पछिल्लो समय मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए।

नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि पेलेले सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा आफ्नो पेटबाट ट्युमर हटाउन शल्यक्रिया गरेका थिए।

नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो।

Next Post

कीर्तिमानी रकममा रोनाल्डो साउदी अरेबियाको क्लबमा आवद्ध

१५ पुष २०७९, शुक्रबार ०९:०२
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्। कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा उनी ३ वर्षका लागि आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्। साउदी अल-नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। अध्यक्ष […]