कीर्तिमानी रकममा रोनाल्डो साउदी अरेबियाको क्लबमा आवद्ध

हिमशिखर संवाददाता १६ पुष २०७९, शनिबार ०८:०५

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्।

कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा उनी ३ वर्षका लागि आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्।

साउदी अल-नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

अध्यक्ष मुअम्मरले रोनाल्डोलाई क्लबको ७ नम्बरको जर्सीसमेत हस्तान्तरण गरेका छन्।

३७ वर्षीय रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक लिएर एसियाली मुलुक साउदी गएका हुन्।

Next Post

निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

१६ पुष २०७९, शनिबार ०८:०५
निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानका लागि पुनः समिति गठन गरिएको छ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशgमा शुक्रवार समिति गठन गरिएको हो। गृहमन्त्री लामिछानेले पदभार ग्रहण गरेपछि निर्मलाको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए। गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी […]

सम्बन्धित समाचार