निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

महेश चाैलागाँई १६ पुष २०७९, शनिबार ०८:२१

निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानका लागि पुनः समिति गठन गरिएको छ।

 उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशgमा शुक्रवार समिति गठन गरिएको हो।

गृहमन्त्री लामिछानेले पदभार ग्रहण गरेपछि निर्मलाको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए।

गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। जसमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सक सहितका सदस्यहरु छन्।

Next Post

चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

१६ पुष २०७९, शनिबार ०८:२१
अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ। न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा कोभिडबाट दैनिक रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो। न्युजडटकमडटएउले भनेको छ, ‘ बेलायतमा रहेको  अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित व्यक्तिको […]