चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

हिमशिखर संवाददाता १७ पुष २०७९, आईतवार ०७:५७

अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ।

न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा कोभिडबाट दैनिक रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो।

न्युजडटकमडटएउले भनेको छ, ‘ बेलायतमा रहेको  अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित व्यक्तिको संख्या दोब्बर जनाएको छ। यो बेइजिङले नोभेम्बरमा कठोर शून्य–कोभिड स्वास्थ्य उपायहरू अबलम्बन गरेपछि आएको हो जुन वर्षौंदेखि थियो।’

एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि चीनमा कडा तालाबन्दीका कारण विरोध प्रदर्शन सुरु भएको थियो। क्वारेन्टाइन आदेशका कारण फायर फाइटरहरूलाई अपार्टमेन्ट ब्लक भित्र आउन रोकिएको सर्वसाधारणले गुनासा गरेका थिए।

 

Next Post

जुम्लाका सरकारी कार्यालयमा गरियो अनुगमन

१७ पुष २०७९, आईतवार ०७:५७
जुम्लाका सरकारी कार्यालयमा अनियमितता तथा काममा ढिलासुस्ती रोक्न प्रतिनिधिसभा सदस्य विनिता कठायत लगायत अगुवाहरूले कार्यालयमा पुगेर अनुगमन गरेका छन्। नवनिर्वाचित सांसद कठायतको नेतृत्वमा रहेको टोलीले ८ वटा कार्यालयमा अनुगमन गर्दा जिल्ला कृषि विकास कार्यालयमा मात्रै प्रमुख भेटिएका थिए। बाँकी अरु सबै कार्यालय प्रमुखविहीन भेटिएको सांसद कठायतले बताइन्। लामो समयदेखि कार्यव्यस्तता […]