जुम्लाका सरकारी कार्यालयमा गरियो अनुगमन

महेश चाैलागाँई १८ पुष २०७९, सोमबार ०७:२८

जुम्लाका सरकारी कार्यालयमा अनियमितता तथा काममा ढिलासुस्ती रोक्न प्रतिनिधिसभा सदस्य विनिता कठायत लगायत अगुवाहरूले कार्यालयमा पुगेर अनुगमन गरेका छन्।

नवनिर्वाचित सांसद कठायतको नेतृत्वमा रहेको टोलीले ८ वटा कार्यालयमा अनुगमन गर्दा जिल्ला कृषि विकास कार्यालयमा मात्रै प्रमुख भेटिएका थिए। बाँकी अरु सबै कार्यालय प्रमुखविहीन भेटिएको सांसद कठायतले बताइन्।

लामो समयदेखि कार्यव्यस्तता देखाउँदै कार्यालय प्रमुखहरु नै उपस्थित नहुने गरेकाले सेवा लिन असहज भइरहेको गुनासो सुनिएपछि प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीलाई साथमै लिएर सांसद कठायतसहितको टोली अनुगमनमा निस्किएको हो।

प्रमुख जिल्ला अधिकारी केसरीका अनुसार स्वास्थ्य सेवा कार्यालय, भौतिक पूवर्धार कार्यालय, भवन डिभिजन कार्यालय, सडक कार्यालय, जिल्ला कृषि विकास कार्यालय र नेपाल टेलिकमको कार्यालयमा काम भए नभएको अनुगमन गरिएको थियो।

‘कार्यालय प्रमुखहरु जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी नदिइ मनपरी रुपमा छोडेको देखियो। न प्रमुखहरु भेटिए, न त प्रमुखहरुले निमित्तलाई छोडेको भेटियो। सरकारी कार्यालयको अवस्था हेर्दा निकै दयनीय लाग्यो। अब यस्तो हुनु हुँदैन भन्ने हो।’ सांसद कठायतले भनिन्।

स्वास्थ्य सेवा कार्यालयको व्यवस्थापन कमजोर हुनुका साथै सेवाग्राहीले सास्ती बेहोर्नु परेको पनि स्थानीय अगुवाहरूले बताए।

Next Post

जुम्लाकाे त्रिवेणीमा अटाे दुर्घटना, दुई जनाकाे मृत्यु

१८ पुष २०७९, सोमबार ०७:२८
जुम्लाकाे तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा अटाे दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ। रारा लिहि बाट जुम्ला खलँगा तर्फ जाँदै गरेकाे क १ स ११ नम्वरकाे अटाे अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी -१ बाइराँकाका २९ वर्षिया पुरन सार्की र तिला – ३ का २१ वर्षिया आकाश थापा […]

सम्बन्धित समाचार