अन्तिम समयमा नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशन स्थगित भएको छ ।
आज सोमबारका लागि तय भएको जिल्ला अधिवेशन निर्वाचन अधिकृत हसिना प्रधानको समय व्यवस्थापकाे कारण देखाउदै स्थगित गरिएको छ ।
आगामी कार्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकिएकाे त्यसमा पार्टी केन्द्रको निर्णयअनुसार १/२ दिन अघिपछि पनि हुन सक्ने नेपाली काँग्रेस जुम्लाका पार्टी सभापति दीपबहादुर शाहीले बताए ।
नेपाली काँग्रेसकाे वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेकाे र जिल्ला अधिबेशन मात्र बाकी रहेकाे छ ।