जुम्लामा चरेससहित २१ वर्षीय युवक पक्राउ

महेश चाैलागाँई ११ श्रावण २०८३, सोमबार २२:३६

जुम्लामा लागूऔषध (चरेस) सहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो करिब १२ बजे तातोपानी गाउँपालिका–६ ऐरेनीमा शंकास्पद अवस्थामा हिँडिरहेका धौलापानीका २१ वर्षीय अमर सार्कीलाई खानतलासी गर्दा उनको साथबाट चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको हो।
जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार लागूऔषधसहित पक्राउ परेका सार्कीमाथि थप अनुसन्धान भइरहेको छ।

Next Post

सुर्खेतमा जिप दुर्घटना,१५ जना घाइते

११ श्रावण २०८३, सोमबार २२:३६
सुर्खेत लेकबेशी नगरपालिका-५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका आठजनाको माया […]