कालिकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा अचानक आगलागी यात्रु सबै सकुशल

हिमशिखर संवाददाता ११ चैत्र २०७८, शुक्रबार १७:५१

कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा आगलागी भएको छ । शुक्रबार दिउँसो सुर्खेतको बराहताल गाउँपालिका–८ मसिना नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला ट्रफिक कार्यालय सुर्खेतका अनुसार गुडिरहेको बसमा अचानक ब्याट्रिको तार सट भएर आगलागी भएको हो । बसमा सवार करिब ३० जना सबै सकुशल रहेका छन् भने बसमा क्षती समेत पुगेको छ ।हाल दमकल आगो नियन्त्रणका लागि घटना स्थल तर्फ गईसकेको प्रहरीको भनाई रहेको छ ।

Next Post

भिरबाट खसेको ढुङ्गा लागेर कालिकोटमा एकजनाको मृत्यु

११ चैत्र २०७८, शुक्रबार १७:५१
भिरबाट खसेको ढुङ्गा लागेर कालिकोटमा एकजनाको मृत्यु भएको छ ।  शुक्रवार खाँडाचक्र नगरपालिका-२ छहरा बजारको एक होटलमा बसी रहेको अवस्थामा भिरबाट खसेको ढङ्गा लागेर ३६ वर्षिया ओविराम थापाको मृत्यु भएको हो । थापाको टाउकोमा गम्भिर चोट लागेपछि जिल्ला अस्पताल कालिकोटमा उपचारका लागि लगिएको थियो । थापाको उपचारको क्रममा जिल्ला अस्पताल […]