अर्थमन्त्री शर्माले दिए राजीनामा

हिमशिखर संवाददाता २२ असार २०७९, बुधबार १६:१४

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।

सामाजिक विकास कार्यालय मुगुकाे सुचना

लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’

Next Post

जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु

२२ असार २०७९, बुधबार १६:१४
जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्युु हुनेमा तिला गाउँपालिका ९ मालापानीका १८ वर्षीय प्रेमबहादुर बुढा रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ । बुढा घरबाट सिमी गोड्न गएको समयमापानी परेर रूखमुनि ओत लागेकाे समयमा चट्याङ लागेर मृत्यु भएको जिप्रका जुम्लाका सूचना अधिकारी प्रहरी निरिक्षक भुवन भट्टले […]