चितवन–२ मा हुने उपचुनावका लागि १८ दल दर्ता : यी हुन् दर्ता भएका दलहरु

हिमशिखर सम्वाददाता काठमाण्डौ १७ फाल्गुन २०७९, बुधबार ०८:०८

चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गते सम्मको समयसीमा  निर्धारण  गरेको  थियो  ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आह्वान गरेअनुसार दर्ता भएका दलले  मात्रै उपचुनावमा  भाग लिन पाउनेछन् । वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ । नागरिकता प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय  स्वतन्त्र पार्टीका  अध्यक्ष  रवि  लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो ।

उपचुनावमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल  अर्गनाइजेसन, राष्ट्रिय  नागरिक  पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले)ले  भाग लिने गरी दल दर्ता गराएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी,  पुनर्जागरण  पार्टी,  मौलिक  जरो किलो पार्टी दर्ता भएका छन् । त्यस्तै  राष्ट्रिय  मुक्ति आन्दोलन नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जय जन्मभूमि पार्टी नेपालले पनि दल दर्ता गराएका छन् ।

Next Post

शहीदको नाम राजपत्रमा प्रकाशित हुने

१७ फाल्गुन २०७९, बुधबार ०८:०८
सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्को अस्ति सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधेशलगायतका आन्दोलनमा सहादत प्राप्त गरी शहीद घोषणा गरेका तर राजपत्रमा प्रकाशित हुन बाँकीको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।