सिमलताल पहिराे: गोलाघाटमा भेटियो अर्काे शव

हिमशिखर संवाददाता ३० असार २०८१, आईतवार ११:१६

भरतपुर महानगरपालिका- २८ गाेलाघाटमा एक पुरुषको शव भेटिएको छ।

नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको हो। उक्त शव शुक्रबार बिहान सिमलताल पहिराेमा यात्रुसहित बेपत्ता बसकाे हुन सक्ने अनुमान गरिएकाे छ।

शवलाई पाेष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

शनिबार पनि यस ठाउँमा एउटा शव फेला परेकाे थियाे। उक्त शव सिमलताल पहिराेमा बेपत्त बसका यात्रुकाे भएकाे पुष्टि भएकाे छ।

Next Post

काँग्रेस र एमालेबीच टुंगियो भागबण्डा, कसलाई कुन मन्त्रालय?

३० असार २०८१, आईतवार ११:१६
नेपाली काँग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा टुंगिएकाे छ। जसअनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेकाे छ। नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला, कृषि र वन मन्त्रालय पाउने भएको छ। […]