काँग्रेस र एमालेबीच टुंगियो भागबण्डा, कसलाई कुन मन्त्रालय?

महेश चाैलागाँई ३० असार २०८१, आईतवार २०:५७

नेपाली काँग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा टुंगिएकाे छ। जसअनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेकाे छ।

नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला, कृषि र वन मन्त्रालय पाउने भएको छ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।

कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे अझै निर्णय भएको छ। अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली मन्त्री छान्न अन्तिम परामर्शमा रहेको र मन्त्री बन्नेको सूची सोमबार बिहान मात्र टुंगो लाग्ने बताइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

Next Post

माओवादी, रास्वपा र एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

३० असार २०८१, आईतवार २०:५७
विपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टीबीच शुक्रबार सिंहदरबारमा भएकाे छलफलमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय भएकाे हाे। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष […]