एपीएफ फेरि पनि च्याम्पियन

हिमशिखर संवाददाता १६ माघ २०८१, बुधबार १६:४९

काठमाडौँ —एपीएफ नेपाली महिला फुटबलको लिगमा फेरि च्याम्पियन भएको छ । डिफेन्डिङ च्याम्पियन एपीएफले बुधबार दशरथ रंगशालामा भएको प्ले–अफ फाइनलमा पुलिसलाई ४–० ले हरायो । पूरा प्रतियोगितामा एपीएफले कुनै पनि खेल गुमाएन र अपराजित हुँदै उपाधि जितेको हो ।

लिगको पहिलो र दोस्रो चरण दुवैमा एपीएफ नै शीर्ष स्थानमा रहेको थियो । यसपल्टको लिगमा एपीएफको यो लगातार १८ औं जित हो ।
पुलिसले पहिलो हाफमा एपीएफलाई गोलरहित बराबरीमा रोके पनि त्यसलाई पछि कायम राख्न सकेन । एपीएफका लागि सविता रानागमरले दुई तथा सरु लिम्बू र अनु लामाले एक गोल गरे ।

सविताले ६४ औं मिनेटमा सुरुकै पासमा गोलको खाता खोलिन् । सरु आफैले ६९ औं मिनेटमा दोस्रो गोल गरिन् । रेनुका नगरकोटेको सुरुआती प्रहार पोस्टमा ठोकिएर फर्केपछि त्यसमै सुरुले निर्णायक प्रहार गरेकी हुन् ।

Next Post

जुम्लामा दिप प्रज्वलन गरि सहिद दिवस मनाइयाे : सराेकारवाला निकाय मुखदर्शक

१६ माघ २०८१, बुधबार १६:४९
नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाकाे आयाेजनामा सहिद दिवसकाे अवसरमा जुम्लाको कृष्ण मन्दीर अगाडि दिप प्रज्वलन गरि सहिद दिवस मनाइएकाे छ । सहिदहरूले बगाएको रगतकाे समझनामा दिप प्रज्वलन गरि मनाइएकाे छ । विक्रम संवत् २००७ देखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हाे । सहिदलाई यस […]