नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाकाे आयाेजनामा सहिद दिवसकाे अवसरमा जुम्लाको कृष्ण मन्दीर अगाडि दिप प्रज्वलन गरि सहिद दिवस मनाइएकाे छ । सहिदहरूले बगाएको रगतकाे समझनामा दिप प्रज्वलन गरि मनाइएकाे छ । विक्रम संवत् २००७ देखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हाे ।
सहिदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो अझै मेटिएको छैन । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिवद्धता भने निरन्तर आउने गरेको छ । तर व्यबहारमा भने लागू भएको छैन् ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरि विविध कार्यक्रम हुँदै आएको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
यसै सम्झनामा जुम्लाको सदरमुकाम खलंगा बजारमा बुधबार साँझ दिप प्रज्वलन गरी सहिद दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ जुम्लाको अगुवाइमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहीदको सम्झनामा दिप प्रजलन गरी मनाइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाका अध्यक्ष पुर्ण प्रसाद चाैलागाईले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम जुम्लाको कृष्णमन्दीर चोकमा सुरक्षाकर्मी, नागरीक समाज, सञ्चारकर्मी सराेकारवला निकाय लगायतको उपस्थितमा सहिद दिवसकाे अवसरमा दिप प्रज्वलन गरि मनाइएका बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले हामिले सहिदले बगाएको रगत लाई बिर्सन नहुने बताए । उनले भने, सहिदकाे त्याे बलिदानले गर्दा आज देशमा प्रजातन्त्रकाे स्थापनाले आज हामी याे सथानमा रहेकाे अवगत गराए ।
सहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक छेदिलाल कामती, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका शिक्षा अध्यक्ष डबल बहादुर धामी, जिल्लाका सराकारवाला निकाय लगाएकाे दिप परज्वलन कार्यक्रममा उपस्थित रहेकाे थियाे ।