गौरभमय इतिहास सुनाउदै लाम्रा

पुष्पा बिष्ट २९ कार्तिक २०७७, शनिबार १०:०७

मुग्लेरीले मागल भनेपछि, पञ्चेबाजाको तालमा दमाई नाचेपछि, कवा मष्टोका धामीले बाह्र भाइ मष्टो, नौ दुर्गा भवानी, बाबा चन्दाननाथ, दरा खोल्या, भान (बहान) पित्त सबैलाई पुकारेपछि मार्सी धान काटेर खालि रहेको नुग्र्या जिउलाको खेतमा सुरु भयो, ‘लाम्रा सम्वादः गाउँका कुडा।’

‘कुरा सुन्नु बुढाको, आगो ताप्नु मुडाको’ गीत सम्झिएको बेला तल्लो खेतबाट माथिल्लो खेतमा उक्लिए नन्दप्रसाद चौलागाईं। कुडा गर्न लागे ‘कुलोको सवाई’ बारे।

 सिंगो लाम्रा गाउँ उठ्यो। सारा देश दुनियाँ मस्त सुतेको बेला लाम्रा जाग्यो। लाम्रा उँठिल्या आयो। एक रातमा पाँच किलोमिटर जमिन चिरियो र कुलो बन्यो।

बाँकी दुनिया, त्यसमा पनि नजिकको श्रृढुस्का बिउझने बेला धर्ती फाटेको थियो। धर्ती फाटेको देख्नेहरुको मन फाट्यो। मन फाटेकाहरुले राजा, देउता गरे। मुद्दा हाले। राजाका प्रतिनिधि बडाहाकिम निसाफ गर्न गाउँमै पुगे।

 निसाफ लुम्रेलको (लाम्राका गाउँलेको) पक्षमा भयो। अनि एक रातमै बन्यो कुलो। त्यसयता लाम्राको नुग्र्या जिउलाले

लाम्रा पारिलो बस्ती छेउको जिउलोमा पाको घामले जिउ तातेर तिर्खाएको बेला ओभाएका खेत र कुलाका लागि दुःख पाएका गाउँलेका कुडा सुरु गरिए। मार्सी धान रोप्ने जिउलामा सिचाइ गर्ने पानी नपाएपछि महिलाका कोमल हातले खेत गोड्न सकिएनन्। त्यसपछि फलाम वा काठका तिखा नंङ जस्ता देखिने नुग्र्याले मात्र खेत गोड्न सम्भव हुने भएपछि सिंगो जिउलाको नाम राखियो, ‘नुग्र्या जिउलो’।

जिउलामा पानी नलागेपछि, मार्सी धानका बालामा दाना पोटिला नभएपछि। रातदिन खेतमा काम गर्ने महिलाको मन सन्तुष्ट नभएपछि, सिचाइ गर्न जाने खेताला अनिदा रहेपछि, हाँकु र लाम्राका जनता कसिए। स्रिफ एक रात थप अनिदो रहने प्रण गरे।

अडाई (अह्राउने वा अगुवाइ गर्ने मान्छे)को नेतृत्वमा सिंगो लाम्रा गाउँ उठ्यो। सारा देश दुनियाँ मस्त सुतेको बेला लाम्रा जाग्यो। लाम्रा उँठिल्या आयो। एक रातमा पाँच किलोमिटर जमिन चिरियो र कुलो बन्यो।

बाँकी दुनिया, त्यसमा पनि नजिकको श्रृढुस्का बिउझने बेला धर्ती फाटेको थियो। धर्ती फाटेको देख्नेहरुको मन फाट्यो। मन फाटेकाहरुले राजा, देउता गरे। मुद्दा हाले। राजाका प्रतिनिधि बडाहाकिम निसाफ गर्न गाउँमै पुगे।

कुलोको सवाई’ सेसन

निसाफ लुम्रेलको (लाम्राका गाउँलेको) पक्षमा भयो। अनि एक रातमै बन्यो कुलो। त्यसयता लाम्राको नुग्र्या जिउलाले फलाइरहेको छ राणा, राजा, ओली, प्रचण्ड समेतको जिब्रो रसिलो बनाउने मार्सी धान।

पाँच मुरी खेत हुनेले एक दिन, दश मुरी हुनेले दुई दिन, पन्ध्र मुरी हुनेले हरेक दिन र त्यो भन्दा बढी हुनेले अप्ठ्यारो ठाउँमा समेत कुलो फाल्ने काममा सघाउने सिचाइको रित बसालियो। हेरालो, देखालो, अडाई लाग्नेको नेतृत्व, गाउँलेको श्रमदान र सहकार्यमा बनेको कुलो फाल्न आजकाल सरकारी रुपियाँको आश गर्न थालिएको छ। गाउँलेहरु आशे भएका छन्। सरकार कुलो फाल्न कनिका छरेजस्तो हरेक वर्ष बजेट छरिरहेको छ। जुन हात्तीको मुखमा जिरा बाहेक केही हुँदैन। जसले सहकार्य र श्रमदानको अटुट शृङ्खलालाई तोडेको छ।

यस्तै बिरता र नैरास्यताका कुरा गरे ‘कुलोको सवाई’ सेसनमा भाग लिने, अडाई, खेताला, कुलोको काममा अहोरात्र खटिएका सिंह सार्की, कुलाचन्द्र चौलागाईं, धनप्रसाद चौलागाईं र पूर्णप्रसाद चौचागाईंले।

 *****

सिंगो जुम्ला उपत्यका कालीरह र लामीरहले छोपेको थियो। रह माने दह वा ताल। एकदिन कालीरह फुट्यो र लामीरहमा पानी आयो। पानी बढी भएपछि लामीरह पनि फुट्यो।

पछि लामी रह पुरिँदै खेतीयोग्य जमिनमा परिणत भयो। लोभलाग्दो जमिन देखेपछि मानव बस्ती बस्यो। त्यो बस्तीमा चौलागाईं, हमाल, सार्की, दमाई लगातका नागरिकले सहकार्य गरि जीवनयापन सुरु गरे।

उनीहरुले लामि रह उच्चारण गर्दा गर्दा अप्रभंस भयो र गाउँको नाम नै लाम्रा रहन गयो। आज लाम्रा गाउँ आफ्ना कुडा गर्न लागेको छ। कुडा गर्न्या थलाको नाउ राख्याको छ, ‘लाम्रा सम्वादः गाउँका कुडा’।

कार्यक्रमको दोस्रो सेसनमा यस्तै कुडा भयो। सेसनको नाउ थियो, ‘गाउँको जाडो’।

जसरी रुखको जडोले रुख बलियो हुन्छ, त्यसरी गाउँको जडोले गाउँ बलियो हुन्छ। गाउँ बलियो बनाउन्या चौलागाईं बाहुन भारतमा मुगल साम्राज्य हुँदाकै अवस्थामा जुम्ला आए। सार्की र दमाईहरुसँग सहकार्य गरे। रस्ती रसाय, बस्ती बसाए।

यस्तै कुडा गरे सञ्चालक लालप्रसाद चौलागाईं र वक्ताहरु पूर्णचन्द्र चौलागाईं, भद्रबीर दमाई, विश्वराम सार्की, कर्णप्रसाद उपाध्यायले।

Next Post

न्याय माग्न आएका स्थानीयमाथी प्रशासनकाे अन्याय

२९ कार्तिक २०७७, शनिबार १०:०७
जुम्ला: हिमा गाउँपालिका– ३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाकाे हत्याका आरोपितलाई प्रहरीले धरौटीमा छोड्न थालेपछि न्याय माग्दै आन्दोलनमा उत्रेका पीडित पक्षलाई प्रहरी तथा सशस्त्र प्रहरीले लाठी चार्ज गरेकाे छ। ‘पीडितलाई न्याय देउ भनी नारा जुलुस गरिरहेका नागरिककाे भिड नियन्त्रण तथा तिरवितर पार्नका लागि प्रहरीले लाडी चार्ज गर्नुका साथै […]