नवनिर्मित भवनको भव्य उद्घाटन कार्यक्रम सम्पन्न

महेश चाैलागाँई १७ मंसिर २०८२, बुधबार २२:२९

जुम्लाको कनकासुन्दरी गाउँपालिका ५, गोठिज्युलामा रहेको प्रहरी चौकी गोठिज्युलाको नवनिर्मित भवनको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठ रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्य उपस्थित रहनुभयो।

कार्यक्रममा पालिकाका उपाध्यक्ष, जिल्ला प्रहरी कार्यालय जुम्लाका ( डिएसपी ) , वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि, पत्रकार, जग्गादाता, भूपू प्रहरी तथा अमर प्रहरीका परिवारजन, स्थानीय सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, स्थानीय सर्वसाधारण तथा सक्कल दर्जाका प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।

सबैको सक्रिय सहभागितामध्ये उक्त नवनिर्मित भवनको औपचारिक उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिन बाबू रेग्मीले जानकारी दिएका छन ।

Next Post

तिला–६ का वडाध्यक्ष जंग बहादुर रोकाया जुम्ला जिल्ला संयोजक नियुक्त

१७ मंसिर २०८२, बुधबार २२:२९
कांग्रेस सुधार अभियानले तिला–६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस जुम्ला क्षेत्र ‘ख’ का सचिव जंग बहादुर रोकायालाई जुम्ला जिल्ला संयोजक नियुक्त गरेको छ। केन्द्रिय संयोजक शिव रिमालले देशभरका संयोजक तोक्ने क्रममा रोकायाको नाम सार्वजनिक गरेका हुन्। अभियानले पार्टीभित्र ४० वर्षमुनिका युवाको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्ने लक्ष्य अघि सारेको छ। […]

सम्बन्धित समाचार