हुम्लाका एक काेराेना संक्रमितलाई हेलिकोप्टर मार्फत जुम्ला ल्याइयो

पुष्पा बिष्ट ३१ बैशाख २०७८, शुक्रबार २१:१९

हुम्लाका सर्केगाड गाउँपालिका हुल्लाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई काेराेना संक्रमण भई श्वास–प्रश्वासमा समस्या भएपछि हेलिकोप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ।

बिहिबार बेलुका देखि जिल्ला अस्पतालमा राखिएका धामीको श्वास–प्रश्वास ५० मा झरेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत जुम्ला पठाएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए।

‘उहाँ श्वास –प्रश्वासको अवस्था निकै संकट ग्रस्थ छ,’ उनले भने, ‘जिल्ला अस्पतालको व्यवस्थाले सम्भव नहुने भएपछि हेलिकोप्टरमार्फत जुम्ला पठाएको हो।’

हेलिकोप्टर बोलाउन सबै पत्राचार गरेको उल्लेख गरेका सिंहका अनुसार धामीलाई रानीवन आइसोलेसनबाट बिहिबार जिल्ला अस्पतालमा ल्याइएको हो।

कर्णाली प्रदेशका अन्य अस्पताल भन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा चिकित्सक र अक्सिजनको हिसाबले समस्या नभएकाेले उनलाई जुम्ला ल्याइएकाे हाे। हाल उनकाे प्रतिष्ठानमा उपचार भइरहेको छ।

Next Post

सपथ नलिइकनै बर्खास्त भए कर्णालीका तीन मन्त्री

३१ बैशाख २०७८, शुक्रबार २१:१९
कर्णालीमा नवनियुक्त तीन मन्त्री सफत नलिइकनै बर्खास्त भएका छन्। बुधबार मुख्यमन्त्री मन्त्रीशाहीले मण्डल पुनर्गठन गर्दै माओवादीका बिन्दमान विष्ट, गोपाल शर्मा र सीता नेपालीलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र जलस्रोत मन्त्रीमा नियुक्त गरेका थिए। तर, शुक्रबार प्रदेश प्रमुखकाे कार्यालयले निकालेकाे विज्ञप्तिमा उक्त तिनै मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री […]