४ वटा वडालाई बाल विवाह मुक्त घोषणा गर्दै बर्दियाको बारबर्दिया नगरपालिका

हिमशिखर संवाददाता १० मंसिर २०८१, मंगलवार २१:४०

बारबर्दिया नगरपालिकाले यस बर्ष ४ वटा वडालाई बाल विवाह मुक्त घोषण गर्ने प्रक्रिया अगाडी बढाएको छ । मंगलबार नगरस्तरीय बालअधिकार समितिको बैठक बसी बाल विवाह मुक्त वडा घोषणाका लागि कार्यदल गठन गरी पाँच दिन भित्रमा चार वटैवडामा अनुगमन गरी कार्यपालिकामा बुझाउने निर्णय गरेको छ ।

नगरस्तरीय बालअधिकार समितिको बैठक

बारबर्दिया नगरपालिकाको वडा नम्बर २, ५,६र७ लाई बाल विवाह मुक्त घोषणाका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको बाल अधिकार समितिका सदस्य तथा महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख उशा पुनले जानकारी गराउनु भएको छ ।

बारबर्दिया नगरपालिकाकी सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरीको संयोजकत्वमा शिक्षा शाखा, स्वास्थ्य शाखा, प्रहरी, बाल अधिकार सम्बन्धी काम गर्ने संस्था, बाल क्लकका प्रतिनिधि र महिला बालबालिका शाखा प्रमुख सदस्य सचिव रहने गरी ७ सदस्सीय बाल विवाह मुक्त वडाका लागि पालिका स्तरीय अनुगमन तथा मुल्याँकन समिति गठन गरीएको छ । अनुगमन गर्दा वडाको प्रत्येक टोल नछुट्ने गरी जोखिम युक्त टोलमा अनुगमन  गर्ने वडाबाट प्राप्त सुचना र प्रहरीबाट प्राप्त गर्ने सुचना अधिकारिक रुपमा सम्बन्धीत निकायबाट प्रदानको लागि अनरोध गर्ने निर्णय गरेको छ ।

नगरस्तरीय बालअधिकार समितिको बैठक

बारबर्दिया नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानसंगै बाल विवाह मुक्त वडा घोषणाका गर्नका लागि तयारी कार्यक्रमहरु संचालन गर्ने भएको छ । जसमा बाल बालिका सम्बन्धी काम गर्ने संस्था भेरी वातावरणीय विशिष्टता समुह(बि ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्र लगाएतका संस्थाहरुले सहयोग तथा सहकार्य गर्ने भएको छ ।

बाल अधिकार समितिका संयोजक तथा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा नगरप्रमुख छबिलाल थारु, प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आर्चाय, शिक्षा, स्वास्थ्य शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Next Post

लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित

१० मंसिर २०८१, मंगलवार २१:४०
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन्। विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी शुक्रबार प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका हुन। सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे। ललितपुरमा जन्मनुभएका ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको […]

सम्बन्धित समाचार