राजीनामा दिने सबै सङ्घीय कर्मचारीलाई ८ महिनाको तलब दिने ट्रम्प प्रशासनको प्रस्ताव

हिमशिखर संवाददाता १६ माघ २०८१, बुधबार १६:०५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लाखौं सङ्घीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । राष्ट्रपति ट्रम्पको प्रशासनले कार्यालयमा फर्कन नचाहने लगभग सबै सङ्घीय कर्मचारीहरूलाई बहिर्गमन प्याकेजको प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार अर्बपति व्यापारी एलन मस्कले सामाजिक सञ्जाल ‘एक्स’ ऐतिहासिक ‘विकल्प’ का रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख जना सङ्घीय कर्मचारीलाई पठाइएको छ । यही जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता सङ्घीय खर्चविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हो ।

प्रशासनका एक वरिष्ठ अधिकारीले एनबीसी न्यूजलाई बताएअनुसार यो प्याकेजबाट ५ देखि १० प्रतिशत सङ्घीय कर्मचारीले राजीनामा दिने अपेक्षा छ । यसबाट झन्डै एक खर्ब अमेरिकी डलर बचत हुने विश्वास छ ।

ट्रम्पले प्रशासनले कर्मचारीको इमेलमा राजीनामाका लागि पठाएको प्रस्ताव आउँदो फेब्रुअरी ६ तारिखसम्म लागू हुनेछ । ट्रम्पले कोभिड–१९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधापछि सबै सङ्घीय कर्मचारीलाई पूर्णकालिक रूपमा कार्यालयमा फर्कन आदेश दिएसँगै ट्रम्पले यो कदम चाल्नुभएको हो ।

Next Post

एपीएफ फेरि पनि च्याम्पियन

१६ माघ २०८१, बुधबार १६:०५
काठमाडौँ —एपीएफ नेपाली महिला फुटबलको लिगमा फेरि च्याम्पियन भएको छ । डिफेन्डिङ च्याम्पियन एपीएफले बुधबार दशरथ रंगशालामा भएको प्ले–अफ फाइनलमा पुलिसलाई ४–० ले हरायो । पूरा प्रतियोगितामा एपीएफले कुनै पनि खेल गुमाएन र अपराजित हुँदै उपाधि जितेको हो । लिगको पहिलो र दोस्रो चरण दुवैमा एपीएफ नै शीर्ष स्थानमा रहेको […]