भारतीय राज्य ओडिशामा शुक्रबार साँझ एक्सप्रेस रेल र मालबाहक रेल एकआपसमा ठोक्किँदा कम्तीमा २३३ जनाको ज्यान गएको छ।
बालासोर जिल्लाको बहांगा स्टेसननजिकै साँझ ७ बजेतिर दुइटा एक्सप्रेस रेल र एउटा मालबाहक रेल दुर्घटना भएको रेल्वे अधिकारीहरूले जनाएका छन्।
बहांगा भएकाे रेल दुर्घटनालाई पछिल्लो समयको सबैभन्दा खराब दुर्घटनाकाे रूपमा वर्णन गरिएको छ। सन् २०१३ मा ओडिशाकाे जाजपुर जिल्लामा कोरामण्डेल एक्सप्रेस दुर्घटना भएको थियो।
राज्य सरकारले छिमेकी जिल्लाहरूबाट उद्धार टोली परिचालन गरेको छ भने रेलमन्त्री अश्विनी वैष्णवले उद्धार कार्यमा वायु सेनाको सहयोग मागेका छन्।
खड़गपुर र भद्रकबाट मेडिकल उपकरण र चिकित्सकहरूसहित रेल्वे अधिकारी र सरकारी टाेली घटनास्थलमा पुगेकाे छ। घाइतेयात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरो अस्पतालमा लगिएको छ ।