पाँचथरमा बाढीले बगाउँदा चार पुरुष र एक महिला बेपत्ता

हिमशिखर सम्वाददाता काठमाण्डौ ३ असार २०८०, आईतवार १०:४०

गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा ५ जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा हेवा– १ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ– ७ का दिलकुमार तामाङ र फिदिम– १० का सन्जोग लोवा, फिदिम– ४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम– ४ हेवाखोलाबाट एक जना रहेका छन्

फालेलुङ– ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए। वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ।

याङ्वरक गाउँपालिका– ३ र २ मा घर बगाएको स्थानीयले बताएका छन्। यस्तै फालेलुङ गाउँपालिका– ३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Next Post

हेवा खोला बाढी: १ जनाकाे मृत्यु, १६ जना बेपत्ता

३ असार २०८०, आईतवार १०:४०
संखुवासभाको हेवा खेलामा गएराति आएको बाढीले सात घर बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएका छन्। बाढीले […]