हेवा खोला बाढी: १ जनाकाे मृत्यु, १६ जना बेपत्ता

हिमशिखर सम्वाददाता काठमाण्डौ ३ असार २०८०, आईतवार १०:४६

संखुवासभाको हेवा खेलामा गएराति आएको बाढीले सात घर बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएका छन्।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका– ५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख गोदारकाअनुसार शवको पहिचान हुन बाँकी छ। बाढीले चैनपुर– ४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएकाे छ।

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्।

Next Post

यात्रु ओरालेर उकालाे कटाउन खाेज्दा कर्णाली नदीमा खस्यो जीप

३ असार २०८०, आईतवार १०:४६
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– २ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ। हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले  जानकारी दिए। जीपमा चालकसहित १३  सवार थिए। जनकपुरका जीप चालक २५ […]