आफूलाई सामाजिक अभियान्ता बताउने नन्दराज उपाध्यायले आफु संलग्न नहरेकाे याेजनामा नाम मुछेकाे भन्दै खड्का निर्माण सेवाले आराेपकाे खण्डन गरेकाे छ ।
तिला गाउँपालिकामा निर्माणाधिन १० शथ्याकाे अस्पताल निर्माणका विषयमा तथ्यहिन सामग्री प्रसारण गरेकाे भन्दै सेवाले आराेपकाे खण्डन गरेकाे हाे । तिला-४ का स्थानीय समेत रहेका उपाध्यायले कात्तिक ६ गते सामाजिक सजाल फेसबुक र टिकटकमा अस्पताल निर्मा ढिलासुस्ती भएकाे निर्माण व्यवसायी, गाउँपालिकाकाे नेतृत्व र प्राविधिकले कमिसन खाएकाे आराेप लगाएका थिए । खबर बुलेटिन नामक फेसबुक पेज र जुम्ला कर्णाली नामक टिकटकमा एक भिडियाे सामग्री प्रसारण गर्दै उपाध्यायले चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्का र उनका श्रीमान चन्द्र खड्का, निर्माण व्यवसायी जीवन राेकाया र गाउँपालिकाकाे नेतृत्वले १० कराेड कमिसन खाएकाे झुठाे आराेप लगाएका छन् । तीनै जना निमार्ण व्यवसायी हुन् ।
बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै उपप्रमुख खड्काले उक्त आयाेजनामा आफ्नाे प्रत्यक्ष सहभागीता नरहेकाे बताइन् । आफ्नाे मानमर्दन हुने गरी तथ्यहीन सामग्री प्रसारण गर्ने उपाध्यायविरूद्व जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएकाे उनले बताइन् । ` उक्त याेजनामा हामी प्रत्यक्ष सहभागी छैनाै । त्यसकाे जिम्मेवारपनि हामी हाेइनाै । हामीलाई अनावश्यक विवादमा ल्याउने काम भयाे ।याे सरासर झुठाे हाे ,´ उनले भनिन् ।
पत्रकार सम्मेलनमा निर्माण व्यवसायी खड्कासहित गाउँपालिकाका वर्तमान/पुर्व जनप्रतिनिधि र प्राविधिक पनि सहभागी थिए ।
यथार्थ एउटा,भ्रम अर्कै
खानी तिलामा तत्कालीन केपी शर्मा वली नेतृत्वकाे सरकारकाे पालामा अस्पताल निर्माण कार्य शुभारम्भ भएकाे थियाे । त्यतिबेला तिला गाउँपालिकाकाे अध्यक्ष थिए,रतननाथ याेगी । १० शथ्याकाे अस्पताल निर्माणकाे प्रारम्भिक प्रक्रिया त्यतिबेला नै सुरू भएकाे थियाे । पत्रकार सम्मेलनमा बाेल्दै तिलाका पुर्व अध्यक्ष याेगीले तिलाका रारालिही,डुण्डेली र कुडारीमा अस्पताल निर्माणकाे लागि प्रयास थालिएको बताए । पछि कुडारीमा उपयुक्त भएपछि डिपीआरसहितका कार्य सुरू गरिएकाे उनकाे भनाइ छ ।
पुर्व अध्यक्ष याेगीका अनुसार उक्त याेजनामा रामदेवी र चन्द्र खड्काकाे कुनै सराेकार छैन । तिला स्थानीयबाट सबैलाई बदनाम गराउने गरी प्रचारप्रसार गरिएकाे र कमिसनकाे खेल नभएकाे उनले बताए ।`याे प्रचार भ्रमपुर्ण छ । कुनै सत्यता छैन । यसमा मेराे गम्भीर चित्त दुखाइ छ ।´ उनले भने । यस्तै तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले अस्पताल निमर्माणमा ठेगेदारकाे कमजोरी/ लापरबाही नरहेकाे बताएका छन् ।`याे अघिल्लाे जनप्रतिनिधिकाे पालामा सुरू भएकाे हाे । अहिले काम हुन सकेकाे छैन । जग्गा विवाद छ ´, उनले भने ´म पनि धेरै पटक उक्त समस्या समाधानका लागि लागिपरेकाे छु । वडाअध्यक्ष पनि लागिरहनु भएकाे छ । छिट्टै समस्या समनधान गर्छाै ।´ अहिले बजारमा आएका हल्ला सबै निराधार र भ्रम भएकाे उनकाे भनाइ छ । उपाध्यायले आफूलाई पनि फाेन गरेर धम्की दिएकाे बताए ।
जग्गा विवाद मुख्य समस्या,अभियान्ताद्वारा चरित्रहत्या
सामाजिक अभियान्ता उपाध्यायकाे अभिव्यक्तिकाे अस्पतालकाे निर्माण जिम्मा पाएका ठेकेदार जीवन राेकायाले खण्डन गरेका छन् । उनका अनुसार पालिकाले जग्गा विवाद सुल्झाउन नसकेका कारण काम हुन सकेकाे छैन । उक्त अस्पताल तिन वटा निर्माण व्यवसायी मिलेर बनाउँदैछन् । रत्न गाैतमकाे स्वामित्वमा रहेकाे खानी निमार्ण सेवा,भीम श्रेष्ठकाे कमलजित निमार्ण सेवा र चन्ददनाथ नगरपालिकाकी उपप्रमुखसमेत रहेकी रामदेवी खड्काकाे खड्का निर्माण सेवा मिलेर बनेकाे खानी/ कमलजीत/खड्का जेभी नयाँ बानेश्वर काठमाडौंले निर्माण जिम्मा लिएकाे छ । उक्त जेभीकाे प्राेपाइटर जीवन राेकाया हुन् । खड्काकाे यस याेजनामा प्रत्यक्ष संलग्नता नरहेका स्वयम् राेकाया बताउँछन् । गाउँपालिका र जेभीबीच २०७८ असार २८ गते सम्झौता भएकाे थियाे । सम्झौता अनुसार दुइ वटा भवन निमर्माण गनर्नुपर्नेछ । एउटा भवन निमर्माण सम्पन्न भएकाे र अकर्काे भवन जग्गा विवादका कारण काम सुरू हुन नसकेको राेकायाले बताए । याेजना दुई वषर्षमा सम्पन्न भइसक्नुपर्ने हाे । काेभिड र जग्गा विवादका कारण याेजना सम्पन्न हन सकेकाे छैन । ` हामीले आधा काम सम्पन्न गरिसकेका छाै । बाँकी कामकाे लागि सरियासमेत निर्माण स्थलमा खिया लागेकाे अवस्थामा छन् । पालिकाले जग्गा विवाद सल्ट्याउन वित्तिकै काम सुरू हुन्छ । अनावश्यक चरित्र हत्याकाे प्रयास गरियाे,´ राेकायाले भने ।
याेजनाकाे कुल लागत भ्याटसहित १० कराेड २८ लाख १४ हजार ९ रूपैयाँ रहेकाे छ ।
गाउँपालिकाका प्राविधिक शाखा प्रमुख धनप्रसाद चाैलागाईका अनुसार दुई वटा ब्लक बन्नुपर्नेमा ३०/ १५ काे भवन बनिसकेको र ५०/ ३० काे भवनकाे लागि बाँकि जमिन खन्नुपर्ने र जग्गा दिन नमानेका कारण राेकिएकाे बताए । ठेकेदारले रनिङ बिल अनुसार पहिलोपटक १ कराेड ४१ लाख ३३ हजार ९ सय ७२ रूपैयाँ, दाेस्राेपटक ३१ लाख १८ हजार ७ सय ४५ रूपैयाँ गरी भ्यासिहत १ कराेड ७२ लाख ५२ हजार ७ सय १८ रूपैयाँ लिएकाे बताए । अरू कुनैपनि भुक्तानी गाउँपालिकाले नगरेकाे उनकाे दाबी