पातरासी गाउँपालिकामा इन्जिनियर कुटिएपछि जुम्लाका इन्जिनियरहरु आन्दोलित

महेश चाैलागाँई १७ जेष्ठ २०८१, बिहीबार १५:२१

बुधबार पातरासी गाउँपालिकाका ईन्जिनियर नविन शाही अध्यक्षको कार्यकक्षमा कुटिएपछि जुम्लाका सबै इन्जिनियरहरु आन्दोलित भएका छन्। बिहिवार जुम्लाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउँदै उनीहरु आन्दोलित भएका हुन।

पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराको कार्यकक्षभित्र विष्णु विष्टले योजना भुक्तानीको सम्बन्धमा हातपात गरेको र अपशब्द प्रयोग गरि गालि गलौज समेत गरेको विषयमा ईन्जिनियरुको गम्भीर ध्यानआकर्षण भएको ज्ञापनपत्रमार्फत जनाइएको छ।

‘नियम विपरित भुक्तानी गर्न नसकिने विषयलाई लिएर अध्यक्षको कार्यकक्षमा ईन्जिनियर माथि हातपात हुनु निन्दनीय कार्य भएको र उक्त कार्यले हामी सम्पूर्ण पेसागत कर्मचारीहरुको मनोबल गिरेको देखिएकोले आर्थिक वर्षको अन्तिममा यस्ता अबान्छित क्रियाकलापले सोचेअनुसारको लक्ष्य हासील गर्नका लागि हामी दैनिक कामकाजमा सक्रिय सहभागी हुन असुरक्षित भएको महसुस भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ।

ईन्जिनियरहरुले कर्मचारीहरुको शान्ति सुरक्षाको वातावरण सृजना गर्न र सत्य तथ्य छानबिन गरि दोषी उपर कानुन अनुसार कडा भन्दा कडा कारबाही गरि कानूनी राज्यको आभास दिलाउन ध्यानआकर्षण गराएका छन्।

८७ जना कर्मचारीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा इन्जिनियरहरुको ध्यानआकर्षणलाई बेवास्ता गरि दोषीलाई कानुन बमोजिम कारबाही नभएमा जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरु आन्दोलित हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

Next Post

जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कलले जिते चौथो रारा ट्रेल रनको उपाधी  

१७ जेष्ठ २०८१, बिहीबार १५:२१
के.बि अछुत जुम्ला —मुगु जिल्लाको रारातालमा सुरु भएको चौथो रारा ट्रेल सेन्टरको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावल र मुगुका अक्कल बडुवालले हात पारेका छन् । पुरुषतर्फ बडुवाल र महिलातर्फ रावल बिजयी बनेका हुन् । रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले चार बर्षदेखि रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । हनुमानध्वज गुल्मका […]