हुम्लाको चंखेलीमा जिप दुर्घटना : तीनजनाको मृत्यु

हिमशिखर संवाददाता २४ आश्विन २०८२, शुक्रबार १६:०५

हुम्लाको चंखेली गाउँपालिका ४ देशीखोला नजिक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा चंखेली गाउँपालिका ६ की बसन्ती बुढा, सोही वडाका मानवीर बुढा र उनको छोरा घटनास्थलमै मृत्यु भएको मेल्छाम प्रहरी चौकीका प्रहरी सहायकले जानकारी दिए ।
दुर्घटना हुने गाडी गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको गाडी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

दुर्घटनाबाट घाइते हुनेमा कैलाश सिरा, चालक बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र विमला बुढा घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा हेलिकप्टरबाट लगिएको प्रहरीले जनाएको छ

Next Post

प्रथम हिमा गोल्डकप फुटबल प्रतियोगिता हुँदै

२४ आश्विन २०८२, शुक्रबार १६:०५
स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद “मूल नारासहित हिमा गाउँपालिकामा प्रथम हिमा गोल्डकप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। हिमा युवा एकता समाजद्वारा आयोजित र नेपाल अर्गानिक घरको सह-आयोजनामा हुने फुटबल प्रतियोगिता यहीँ असोज ३० गतेदेखि कार्तिक ४ गतेसम्म हिमा ५ को बाजागाडाको बालचौर मैदानमा प्रतियोगिता संचालन हुन लागेको […]

सम्बन्धित समाचार