प्रथम हिमा गोल्डकप फुटबल प्रतियोगिता हुँदै

महेश चाैलागाँई २७ आश्विन २०८२, सोमबार १०:०३

स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद “मूल नारासहित हिमा गाउँपालिकामा प्रथम हिमा गोल्डकप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।

हिमा युवा एकता समाजद्वारा आयोजित र नेपाल अर्गानिक घरको सह-आयोजनामा हुने फुटबल प्रतियोगिता यहीँ असोज ३० गतेदेखि कार्तिक ४ गतेसम्म हिमा ५ को बाजागाडाको बालचौर मैदानमा प्रतियोगिता संचालन हुन लागेको हो।

उक्त प्रतियोगिता भाग लिने खेलाडी टिमहरुले असोज २६ गतेदेखि असोज ३० गते बिहान ९ बजेसम्म टिम दर्ता गर्न सक्नेछन्। टिम दर्ता लगत्तै खेल ३० गते बिहान १०:०० बजेबाट नै सुरु हुनेछ।

उक्त प्रतियोगितामा पुरस्कार राशी विजेताले रु.१००००० (एक लाख) पाउनेछन् भने उपविजेताले रु.५०००० (पचास हजार) पाउने अनाथ युवा क्लबका अध्यक्ष तथा एनफाका प्रतिनिधि नरजित शाहीले जानकारी दिए।

Next Post

जुम्लामा ढुङ्गाको गणेश मन्दिर : ललितपुरको हातबाट उठेको नयाँ सम्पदा

२७ आश्विन २०८२, सोमबार १०:०३
जुम्लाको चन्दननाथ नगरको मुटुमा अहिले एक नयाँ आकर्षण थपिएको छ   ढुङ्गाबाट निर्मित कलात्मक गणेश मन्दिर। ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा बनेको यो मन्दिर आज विशेष समारोहका बीच उद्घाटन गरिएको हो। पुरातात्त्विक सोच र स्थानीय पहिचानको मिश्रणमा तयार गरिएको मन्दिर जुम्लामै पाइने प्राकृतिक ढुङ्गाबाट कलात्मक ढङ्गले ढालिएको छ। सम्पूर्ण संरचना ढुङ्गाकै प्रयोगमा […]

सम्बन्धित समाचार