स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद “मूल नारासहित हिमा गाउँपालिकामा प्रथम हिमा गोल्डकप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।
हिमा युवा एकता समाजद्वारा आयोजित र नेपाल अर्गानिक घरको सह-आयोजनामा हुने फुटबल प्रतियोगिता यहीँ असोज ३० गतेदेखि कार्तिक ४ गतेसम्म हिमा ५ को बाजागाडाको बालचौर मैदानमा प्रतियोगिता संचालन हुन लागेको हो।
उक्त प्रतियोगिता भाग लिने खेलाडी टिमहरुले असोज २६ गतेदेखि असोज ३० गते बिहान ९ बजेसम्म टिम दर्ता गर्न सक्नेछन्। टिम दर्ता लगत्तै खेल ३० गते बिहान १०:०० बजेबाट नै सुरु हुनेछ।
उक्त प्रतियोगितामा पुरस्कार राशी विजेताले रु.१००००० (एक लाख) पाउनेछन् भने उपविजेताले रु.५०००० (पचास हजार) पाउने अनाथ युवा क्लबका अध्यक्ष तथा एनफाका प्रतिनिधि नरजित शाहीले जानकारी दिए।



