सरकारसँग सम्पर्कमा आयो फेसबुक: दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

महेश चाैलागाँई १९ भाद्र २०८२, बिहीबार १८:३३

सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेको हुन् ।
उनले लगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको बताए ।

ठाकुरले भने, ‘मेटाको सिंगापुरमा कार्यरत एक जना अन्सारी थरको कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि के-के डकुमेन्ट चाहिन्छ भनेर जानकारी माग्नुभएको रहेछ । मन्त्रीज्यूको पीएले हामीलाई दर्ता तथा सूचीकरणका लागि चाइने विवरण पठाइदिन भन्नुभएपछि हामीले तत्काल इमेल गरेर ५ मिनेटमा आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेका छौ ।’
मन्त्रालयले अघि साँझ ५ बजेति इमेल गरेको प्रवक्ता ठाकुरको भनाई छ ।

Next Post

जुम्लामा समन्वय समितिको मैदानमा सकेट बम फेला

१९ भाद्र २०८२, बिहीबार १८:३३
जुम्ला जिल्लास्थित समन्वय समितिको मैदानमा आइतबार बिहान सकेट बम फेला परेको छ। बिहान सबेरै उक्त मैदानमा काम गर्ने ब्यक्तिले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोली घटनास्थल पुगेको र प्रारम्भिक जाँचपछि उक्त वस्तु सकेट बम भएको पुष्टि भएको प्रहरी नयप उपरीक्षक रविन […]