जुम्ला जिल्लास्थित समन्वय समितिको मैदानमा आइतबार बिहान सकेट बम फेला परेको छ। बिहान सबेरै उक्त मैदानमा काम गर्ने ब्यक्तिले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोली घटनास्थल पुगेको र प्रारम्भिक जाँचपछि उक्त वस्तु सकेट बम भएको पुष्टि भएको प्रहरी नयप उपरीक्षक रविन बाबू रेग्मीले जानकारी दिएका छन ।
सुरक्षाकर्मीहरूले तत्कालै वरपरको आवतजावत रोक्दै क्षेत्रलाई नियन्त्रणमा लिएका छन्। नेपाली सेनाको टोली समेत घटनास्थलमा पुगेर बम निष्क्रिय गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हालसम्म बम कसले राखेको हो भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



