एकदिन तिम्रो जीवनमा पनि दाग आउँनेछ।

के .बि अछुत १४ जेष्ठ २०८१, सोमबार १४:०८

एकदिन तिम्रो जीवनमा पनि दाग आउँनेछ।

मैले गर्ने दु:ख पनि तिमीलाई भाग आउँनेछ।

कसले कामना गर्दैन र यहाँ सुन्दर जिन्दगिको,

आफुले नचाहेको मृत्यु  अरुबाट माग आउँनेछ।

जसलाई आफ्नो सम्झिएको हुन्छ समाजमा,

उसैको हातमा तिमीलाई मार्ने तडाग आउँनेछ।

मरण कसको अघि हुन्छ त्यो थाहा हुँदैन साथी,

म अघि मरेँ भने खबर दिन कालो काग आउँनेछ।

सबै गरिबहरू बाँच्दैन भोलिको दिनमा किनकी ,

मान्छेको रूप धारणा गरेको मनसाग आउँनेछ।

Next Post

चन्दननाथ बाबाको सेरा ज्युलोमा कालीमार्सी धान रोपाँइ

१४ जेष्ठ २०८१, सोमबार १४:०८
चन्दननाथ बाबाको सेरा ज्युलोमा कालीमार्सी धान रोपिएको छ । परापूर्वकालदेखि नै चन्दननाथ भैरवनाथ गुठी समितिले जेठ १४ गते रोप्दै आएको मन्दिरको खेत यो पटक पनि १४ गते रोपिएको हो । चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष अमर थापाका अनुसार हरेक वर्ष जेष्ठ महिनाको १४ गते रोपिएको धान योपटक पनि बिभिन्न कार्यक्रम […]