बैतडीको दोगडाकेदारमा युवकको हत्या

हिमशिखर सम्वाददाता काठमाण्डौ ३ बैशाख २०८०, आईतवार ०७:३०

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ ।

अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ । थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

Next Post

चितवनमा कोरोनाका कारण एक जनाको मृत्यु

३ बैशाख २०८०, आईतवार ०७:३०
जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख दुर्गा चापागाईंका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो। जिल्लामा […]

सम्बन्धित समाचार