बिहीबार प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै नेविसंघ र तरूण दलले उठाएका २२ बुँदेमा उठाएका मागका सम्बन्धमा प्रतिष्ठानले २२ बुँदे प्रतिबद्वता जनाएकाे छ ।
१६ गते नेविसंघ जुम्लाका अध्यक्ष महेश हमाल र नेपाल तरूण दल जुम्लाका अध्यक्ष हेम बुढ्थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा किड्नी डाइलासिस सेवा सुचारू हुनुपर्ने,भिडियो एक्सरे सेवा सुरू हुनुपर्ने र एम्बुलेन्स सेवा सुरू हुनुपर्ने लगायतका माग थियो ।
प्रतिबद्धतामा प्रतिष्ठानले ती मागका सम्बन्धमा छिट्टै सञ्चालन गरिने उल्लेख गरिएकाे छ । पत्रकार सम्मेलनमा बाेल्दै रजिष्ट्रार नृपेन्द्र महतले नेविसंघ र तरूण दलले उठाएका मागका सम्बन्धमा प्रक्रियागत रूपमा माग सम्बाेधन गरिने बताए ।
उनका अनुसार नेविसंघ र तरूण दलका मागहरू जायज थिए । साेही अनुसार उठाइएका मागहरूलाई गम्भीरतापूर्वक लिइएकाे उनले बताए । महतले पत्रकार सम्मेलनमा उठेका प्रश्न र जिज्ञासामाथि उचित व्यवस्थापन गरिने बताएका छन् ।
यस्तै नेपाल तरूण दल जुम्लाका सभापति हेम बुढ्थापाले प्रतिष्ठानले गरेका प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जाेड दिए । उनका अनुसार आन्दोलन राेकिएकाे छैन । उनले प्रतिबद्धता अनुसार काम नभए फेरि आन्दोलन गर्ने दाबी गरे ।
यसैगरी नेपाल विद्यार्थी संघ जुम्लाका सभापति महेश हमालले प्रतिबद्धता सकारात्मक रहेकाे बताए । `प्रतिबद्धता पुुरा हुनेमा आशावादी छाै । आधिकारिकता त कार्यान्वयन भएपछि हुनेछ । खबरदारी गरिरहने छाै ,´ उनले भने ।