जुम्लाकाे तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्। ७५ घर भएको मुल्ली गाउँमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिएकाछन।
प्रयाप्त पानी नभएको कारण आगो नियन्त्रणमा आउन सकेको छैन। घरको छाना निकाल्ने र माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेकोछ ।
वडाध्यक्ष बोहोराका अनुसार,‘आगो नियन्त्रण बाहिर छ। निभाउनको लागि पानी छैन। घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन।’
३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ। आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ। आगलागीका कारण मान्छेहरु बेहोस छन्। आगलागीको एकीन विवरण आउन बाँकी छ।
यो तिला ९ ढिपु गाउँको बर्षायाममा ६ महिना बस्ने बस्ती हो। यो समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकोले सबै ढिपु गाउँमा बसेका छन्। मुल्लीमा बर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो।