मध्यपश्चिम विश्वविद्यालयमा बृहत् रचना वाचन कार्यक्रम सम्पन्न

हिमशिखर संवाददाता १० माघ २०७७, शनिबार २१:२५

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय आन्दोलनका कारण रणभूमीमा परिणत भइरहेको बेला साहित्यका विद्यार्थीहरु भने सृजनात्मक गतिविधिमा लागेका छन्।

शनिबार मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा बृहत् रचना वाचन कार्यक्रमको आयोजना गर्‍याे।

यस भन्दा पहिला राष्ट्रिय स्तरका गजलकारहरुलाई समेटेर चार वटा ठुला महफिल चलाएको साहित्य समाजले यो पटक आफ्नै विश्वविद्यालयमा अध्ययनरत प्रत्येक संकायका विद्यार्थीकाे प्रतिनिधित्व हुने गरि रचना वाचक छनोट गरेको कवि बिज्ञान राजले जानकारी दिए।

‘यो पटक गजल, मुक्तक र कविता गरि तीनवटै विधालाई समावेश गरिएको थियो,’ उनले भने, ‘१२ जनाले विधागत रचना वाचन गर्नुभयाे।’

वार्षिकोत्सब समारोहका प्रमुख अतिथि विश्व विद्यालयका पुर्व रजिस्ट्रार महेन्द्र कुमार मल्ल थिए भने कार्यक्रममा विभिन्र संकायका क्याम्पस प्रमुखहरुको पनि उपस्थिति रहेकाे थियो।

समग्रमा साहित्य समाजले विश्व विद्यालयलाई एउटा सृजनशिल उत्पादनको थलोको रुपमा चिनाउन सफल भएको आयाेजककाे दावी छ।

Next Post

कालीकोटमा बादल लाई कालाे झण्डा र कालै बेलुन

१० माघ २०७७, शनिबार २१:२५
कालीकोट : गृहमन्त्री रामबहादुर थापा बादल लाई कालीकोटमा कालाे झण्डा र कालाे बेलुन देखाइएको छ । केपी सर्मा आेली समुहकाे नेपाल कम्युनिस्ट पार्टी नेकपाले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न कालीकोट आएका गृहमन्त्री थापालाई प्रचण्ड माधव समुहका कार्यकर्ताले कालो झण्डा र कालो बेलुन देखाएका हुन् । केपी गुटमा रहेका गृहमन्त्री […]