सानिमा लाइफ इन्स्योरेन्सले रू५ लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ ।बासगढी न.पा. वडा न.०९ माछागढ बर्दिया निवासी मृतक अनिल रावतकाे घरमै पुगेर उनकी धर्मपत्नी अमृता बुढालाई सानिमा लाईफ इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक श्री जयदेव गाैतमले रू ५ लाखकाे चेक हस्तान्तरण गरेकाछन।
मृत्तक रावतले आफ्नो छोरा अंकित रावतको ५ लाखकाे सानिमा बालसौगात जीवन बिमा र रु ५ लाखको म्यादी बीमा मिति २०७७शाकाे कातिक २९ गते सानिमा लाइफ इन्स्योरेन्सको नेपालगन्ज शाखामा अभिकर्ता हिरालाल बुढाले मार्फत जीवन बिमा गरेका थिए ।
उनी राेजगारिकाे शिलशिलामा भारतमा रहेकाे बेला २०७८ फागुन ०५ गते कारकाे ठक्करबाट मृत्यु भएकाे थियाे ।
सानिमा बाल साैगात बिमा याेजनामा बिमितका प्रस्तावककाे मृत्यु भएकाे कारण बिमा कायमै हुने र अब बिमा अवधि भर प्रिमियम तिर्नु नपर्ने अनि अवधि समाप्त भएपछि पुन ५ लाख र ५ लाखकाे बाेनस कम्पनिले दिने सानिमा लाइफ इन्स्योरेन्स नेपालगन्जका शाखा प्रबन्धक मेगराज बि.क. जानकारी दिएकाछन ।