जुम्लाकाे हिमा गाउँपालिकाकाे प्रशासनिक भवनकाे शिलान्यास गरिएकाे छ । संघियता संचालनकाे हाल सम्म भाडाकै घरमा संचालन हुदै आएकाे हिमाकाे नयाँ प्रशासनिक भवन निर्माणका लागि शिलान्यास गरिएकाे हाे । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही,काँग्रेस नेता दिप बहादुर शाही, उपाध्यायक्ष सुर्पना शाही, सातै वडाध्यक्षहरु र आम नागरिककाे सहभागितामा प्रशासनिक भवन निर्माणका लागि विधिवत रुपमा पुजाआजा गरी शिलान्यास गरिएकाे छ ।

प्रशासनिक भवन हिमा गाउँपालिका वडा नं ५ स्थित बाजागडमा निर्माण हुन लागेकाे हाे । पालिकाकाे नाममा जग्गा प्राप्त भएर साेईल परिक्षण समेत गरेसंगै भवन निर्माण प्रक्रिया अघि बढाईएकाे छ । भवन निर्माणका लागि हिमा-५ का स्थानीयले तीन हजार नाै सय वर्गमिटर जग्गा राजीखुसी दान गरेका छन् । पहिलाे कार्यकालका जनप्रतिनिधिकाे बेला प्रशासनिक केन्द्रकाे विषय अनिर्णित बनेकाे थियाे । भने जग्गा पनि पालिकाकाे नाममा उपलब्ध हुन सकेकाे थिएन् ।
फाईनल तस्बिर
०७९ काे स्थानीयतहकाे निर्वाचनबाट अध्यक्ष लक्ष्मण बहादुर शाहीकाे नेतृत्वकाे टिम आएपछि प्रशासनिक केन्द्रकाे विवाद जग्गा टुंगीएकाे थियाे । जसमा प्रशासनिक भवन निर्माणका लागि हिमा-५ का स्थानीय कर्ण बहादुर शाही,मुन बहादुर शाही र दान बहादुर शाही ३१ सय वर्गमिटर जग्गा दान गरेका हुन् । भने वडा नं ५ स्थानीय दलविर शाहीले आठ सय वर्गमिटर गरी कूल ३९ सय वर्गमिटर जग्गा दान गरेका हुन ।
फाईनल तस्बिर
शिलान्यास कार्यक्रममा बाेल्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले आफ्नाे कार्यकाल भित्र सुविधायुक्त प्रशासनिक भवन बनाउने बताए । निर्वाचनकाे बाचानुसार प्रशासनिक केन्द्र र भवन निर्माणले पूर्णता दिन थालिएकाे उनकाे भनाई छ । प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले संघिय सरकारकाे ६० प्रतिशत र स्थानीयतहकाे ४० प्रतिशत लगानीमा भवन निर्माण हुने बताए । उनका अनुसार कूल १० कराेड लगानीमा पालिकाकाे प्रशासनिक भवन निर्माण हुने छ ।