जुम्लामा सडक अतिक्रमण गरेर बनेका संरचना भत्काउने अभियान सुरू भएकाे छ ।
आज जुम्ला बसपार्क क्षेत्रमा कर्णाली राजमार्गलाई अबरोध गरेका टहराहरु भत्काइएकाछन ।
सडक आसपासमा निर्माण गरिएका संरचनाहरू हटाउन एक महिने र सात दिने सूचना जारीगर्दा पनि नहटाइए पछि हाज डाेजर लगाएर भत्काइएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका, सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरीकोसहितकाे टाेलिले बसपार्क क्षेत्रमा कर्णाली राजमार्गको छेउछाउमा अतिक्रमण गरि निर्माण गरिएका टहरालाई डोजर प्रयोग गरि भत्काईको छ ।
प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले ३० मिटर चौडाई रहेको सडक अतिक्रमण भएकाे हुनाले सवारी साधनलाई आवात जावतमा सहज गराउनकाे लागि याे अभियानमा सबै निकाय लागि परेको बताइन ।
सडक डिभिजन कार्यालयका प्रमुख राजिब श्रेष्ठले सडक अतिक्रमण भएकाले एक महिना अधि नै सूचना प्रकाशन गरेको बताउनु भएको छ । सूचना जारी गर्दा पनि निर्माण सामाग्री र टहरा नहटाइएको हुनाले बाध्य भएर हटाउनु परेको बताए ।