नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री को पक्षमा मत दिने भएको छ। मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपश्चात बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मतको पक्षमा उभिने बताए।
‘राजनीतिमा फाईदा र बेफाईदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीको मत पुग्दैन हामीलाई थाह छ।’