सिमान्त साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा

हिमशिखर संवाददाता १० कार्तिक २०८३, सोमबार ००:१७

‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ भन्ने मूल नाराका साथ आजदेखि सुरु हुन लागेको सिमान्त साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।

कुटिरो रिसर्च सेन्टरको आयोजनामा जुम्लास्थित होटल कान्जिरोवामा हुने सम्मेलनमा देशभरका साहित्यकार, लेखक, अध्येता, अनुसन्धानकर्ता, प्राध्यापक, पत्रकार तथा स्थानीय ज्ञानका जानकारहरूको सहभागिता रहनेछ।

सम्मेलनको उद्घाटन सत्रमा लेखक लक्ष्मणबहादुर शाहीको पुस्तक ‘आधा अध्याय’ को गृहविमोचन गरिनेछ। उद्घाटनपछि पाँचवटा विषयगत सत्र सञ्चालन हुनेछन् भने अन्तिम छैटौँ सत्र ‘कुटिरो कन्सर्ट’ मा गीत, कविता र गजल प्रस्तुत गरिने आयोजकले जनाएको छ।

सम्मेलनले कर्णालीको भाषा, साहित्य, कला, संस्कृति तथा सीमान्तकृत समुदायका आवाजलाई राष्ट्रिय साहित्यिक र बौद्धिक विमर्शमा जोड्ने लक्ष्य राखेको छ।

Next Post

जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’को पहिलो संस्करण हुँदै, मन्त्री पछाईले उद्घाटन गर्ने

१० कार्तिक २०८३, सोमबार ००:१७
जुम्ला ‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ भन्ने मूल नाराका साथ जुम्लामा आज ‘सीमान्त साहित्य सम्मेलनकाे पहिलो संस्करण हुँदैछ। सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री टेकराज पछाईले बिहान १० बजे गर्ने आयोजकले जनाएको छ। सम्मेलनको उद्घाटन सत्रलगत्तै ‘जालभित्रको छटपटी’ नामक नाटक प्रस्तुत गरिने कार्यक्रम रहेको छ। त्यसपछि विभिन्न विषयमा केन्द्रित रहेर […]