भाेली देखि जुम्ला बजार दैनिक ६ घण्टा खुला हुने

हिमशिखर संवाददाता २४ भाद्र २०७७, बुधबार २०:५५
जुम्ला : बिहिबार देखी जुम्ला बजार विहान ७ बजे देखि दिउँसो १ बजे सम्म खुला गरिएने भएको छ । भदौ १७ गते देखी निषेधाज्ञा जारी गरेको प्रशासनले ज प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेसमा बिहिबार देखि दैनिक ६ घण्टा जुम्ला बजार खुला गर्ने कुरा उल्लेख छ। यहि भदौ १७ गते बाट गरिएको निषेधाज्ञाले नागरिकको दैनिकीमा असर परेकोले स्थानीय प्रशासनले केही सहजताका लागि छ घण्टा बजार खुला रहने ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा जारी गरिएको आदेशमा उल्लेख छ । भाेली देखि खाद्यन्न, वैंक तथा बित्तिय सेवा, ईन्धन , ऐबुलेन्स ,तरकारी दुध तथा फलफुल व्यवसाय बिहाना सात बजे देखी दिउसोको १ बजे सम्म खुला गरिने उल्लेख गरिएको छ ।
बजार खुला हुने भए पनि जनस्वास्थ्यको मापदण्ड भने पुर्णरूपमा पालना गर्नुपर्नेछ । प्रशासनले तोकोको समय बाहेक बिना काम बजारमा हिडडुल गर्न पाइने छैन । घर भन्दा बाहिर हिड्डुल गर्दा प्रत्येक ब्यक्तिले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ ।’मास्क नलगाउने जो सुकैलाई कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी द्वारा जारी गरिएकाे अादेसमा उल्लेख छ ।

Next Post

जुम्लाकी ६९ वर्षीय महिलाले जितिन कोराना

२४ भाद्र २०७७, बुधबार २०:५५
जुम्ला:जुम्लामा ६९ वर्षिया महिलाले कोरोना लाई जितेकी छन । जुम्ला चन्दननाथ नगरपालीका वडा नं ३ वस्ने हिरा बुड्थापाले कोरोना जितेको कणली सस्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । उनको यही भदौ १४ गते पि.सि आर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । १० दिन पछी कोरोना लाई जित्दै हिरा आज […]

सम्बन्धित समाचार