जुम्ला:जुम्लामा ६९ वर्षिया महिलाले कोरोना लाई जितेकी छन । जुम्ला चन्दननाथ नगरपालीका वडा नं ३ वस्ने हिरा बुड्थापाले कोरोना जितेको कणली सस्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । उनको यही भदौ १४ गते पि.सि आर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । १० दिन पछी कोरोना लाई जित्दै हिरा आज कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट डिस्चार्ज भएकी छन । हिमसिखर अनलाइन संग कुरा गर्दै उनका छोरा नगेन्द्र बुड्थापाले अहिले आमाको स्वास्थस्थीती ठिक रहेको र उनको परिवारका सबै सदस्यको पि.सि.आर परिक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिएका छन ।
