देउवालाई भेट्न धुम्बाराही पुगे प्रचण्ड

हिमशिखर संवाददाता २५ पुष २०७९, सोमबार १९:३९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्।

भेटवार्ताका लागि उनी सोमबार देउवाकै निवास धुम्बाराही पुगेका हुन्।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा प्रचण्डले विश्वासको मत लिदैँछन्। सोही कारण उनी देउवालाई विश्वासको मत माग्न त्यहाँ पुगेको बताइएको छ।

Next Post

कर्णालीमा माओवादी केन्द्रका राजकुमार सर्मा मुख्य मन्त्री  बन्दै

२५ पुष २०७९, सोमबार १९:३९
कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा (आर्ट) मुख्यमन्त्री बन्ने  भएकाछन । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको हो । पुष १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा […]

सम्बन्धित समाचार