जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु

हिमशिखर संवाददाता २३ असार २०७९, बिहीबार १४:३९

जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्युु हुनेमा तिला गाउँपालिका ९ मालापानीका १८ वर्षीय प्रेमबहादुर बुढा रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

बुढा घरबाट सिमी गोड्न गएको समयमापानी परेर रूखमुनि ओत लागेकाे समयमा चट्याङ लागेर मृत्यु भएको जिप्रका जुम्लाका सूचना अधिकारी प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै रारालिही प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो भने बिहान जिल्ला प्रहरी कार्यालय जुम्लाको मुद्दाफाँटको टोली समेत घटनास्थलतिर गएको छ ।

चट्याङबाट मृत्यु भएका प्रेमको मोबाइल समेत जलेको छ । घटनास्थलमा टेलिफोन नलगाएकोले थप जानकारी आउन सकेको छैन । घटनास्थल जुम्ला सदरमुकाम खलंगा देखि ४ घण्टाको दुरीमा पर्छ ।

Next Post

कालिकाेटकाे मान्ममा तीनतले घर भत्कियकाे

२३ असार २०७९, बिहीबार १४:३९
कालिकाेट सदरमुकाम मान्ममा घर भत्कियकाे छ । दिउसाे ५ वजेर १९ मिनेटमा खाडाचक्र नगरपालिका वडा १ का लक्षमी पाण्डेकाे तीन तलाकाे घर भत्किएकाे हाे । भत्किएको घरबाट तीन जना जनालाई जिवितै उद्वार गरिएकाे छ । उत्द्वार गरिएकाेमा २ महिला र १ पुरूष रहेकाछन । उनिहरूकाे जिल्ला अस्पताल कालिकाेटमा उपचारफभैरहेकाे जिल्ला […]