जुम्लामा ११ स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना पुष्टि

हिमशिखर संवाददाता १४ आश्विन २०७७, बुधबार २१:०१

जुम्ला: कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा २४ जनामा कोरोना पुष्टि भएको हो।

अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएकाे छ।

परीक्षण गरिएका ५० मध्ये २४ जनामा कोरोना देखिएको हाे।

संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा भर्ना गरिएकाे छ।

Next Post

बेपत्ता बाबु खोज्दै जुम्ला पुगेका ४ बालबालिकालाई सुर्खेत पठाइएको

१४ आश्विन २०७७, बुधबार २१:०१
बेपत्ता बाबु खोज्दै भारतको पञ्जाब देखि कैलाली जिल्ला हुदै जुम्ला पुगेका ४ बालबालिकालाई सुर्खेत पठाइएको छ । बेवारिसे अवस्थामा भेटिएका बालबालिकालाई पुर्नस्थापनाका लागि सुर्खेत पठाइएको हो । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका, जिल्ला समन्वय समिति र सरोकारवालाहरुको सहयोगमा बेवारिसे अवस्थामा बाबु खोज्दै जुम्ला पुगेका बालबालिकाको पहिचान खुलेपछि सुर्खेत पठाइएको जिल्ला […]