कर्णाली राजमार्गको सुर्खेत, जुम्ला खण्डअन्तर्गत कालिकोटको गगने खोलामा अवरुद्ध भएको सडक पुनः सुचारु भएको छ। भदौ १७ गते साँझदेखि अबरुद्ध रहेको उक्त सडक आज भदौ १८ गते बिहान करिब १०:३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले कालिकोटले जानकारी दिएकाे छ।
लगातारको वर्षाका कारण राजमार्गमा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो। अवरुद्ध राजमार्ग नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पन्छाइएपछि सडकमा सवारीसाधन आवतजावत पुनः सुरु भएको हो।
यद्यपि निरन्तर वर्षा भइरहेकाले राजमार्गमा अझै जोखिम रहेको प्राधिकरणले जनाएको छ। यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न तथा रात्री समयमा यात्रा नगर्न आग्रह गरिएको छ।



