जुम्लाकाे काँग्रेस महासमिति सदस्य निर्वाचन खारेजीको माग गर्दै उच्च अदालतमा रिट दायर

महेश चाैलागाँई १३ पुष २०८०, शुक्रबार १८:४५

जुम्लामा भएकाे कांग्रेस महासमिति सदस्य निर्वाचन खारेजको माग गर्दै उच्च अदालत जुम्ला इजलासमा रिट दायर भएको छ।

अवैधानिक महासमिति सदस्य निर्वाचन खारेजको माग गर्दै रिट दायर गरिएको महाधिवेशन प्रतिनिधि गोबिन्द बहादुर शाहीले बताए। उनले भने, ‘यो विषयमा केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छौँ।’

उनीहरुले अधिवक्ता विकाश शाही अधिकृत भएको महासमिति सदस्य चयन निर्वाचन समितिले नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले निर्देशन अनुसार काम गरेका आरोप लगाएका छन्। निर्वाचन अधिकृतले असोज २२ गतेसम्म निर्वाचन सम्पन्न गर्न जिम्मेवारी प्राप्त गरेको हुन्।

तर कार्तिक ३० गते सुचना टाँस गरियो। मंसिर ५ गते महासमितिको निर्वाचन गरियो। निर्वाचन गर्न तोकिएको म्याद भित्रै गर्नुपर्ने हो तर कसैलाई थाहा नदिएरै निर्वाचन गरियो।

‘निर्वाचन समिति सभापति कर्ण बहादुर शाहीले गठन गरेपछि कार्यबाहक सभापतिलाई जिम्मेवारी दिइएको थियो। तर कार्याबाहक सभापतिलाई समेत थाहा नदिएर निर्वाचन प्रक्रिया अगाडि बढेको देखिन्छ,’ रिट दायर कर्ता गोविन्द बहादुर शाहीले भने।

रिट दायर गर्नेमा महाधिवेशन प्रतिनिधि गिता शाही र भक्तबहादुर शाहीको पनि सहमति रहेको छ। यता दुबै जना निवेदकले निर्वाचनका क्रममा असहयोग गरेको आरोपमा कारवाहीको लागि सिफारिस गरेपनि २०८० साउन २६ गते केन्द्रीय प्रतिनिधि महेन्द्र शर्माको उपस्थितिमा जिल्ला कार्य समितिले निर्णय गरी कार्यवाही फुकुवा गरेर केन्द्रिय अनुशासन समितिलाई समेत जानकारी गराई सकेको बताएका छन्।

यस्तो अवस्थामा महासमिति सदस्यमा उम्मेदवारी दिन पाउनुपर्ने उनीहरुको तर्क छ। निवेदक शाही र रोकायाले कार्याबाहक सभापति कार्मा बुढाले निर्वाचन अधिकृतसँग बुझ्दा कर्णाली प्रदेशका सभापति ललित जगं शाही र पूर्व केन्द्रीय सदस्य दिनबन्धु श्रेष्ठसँग सल्लाह लिई निर्वाचन तालिका निकालेको भनि गैरजिम्मेवार जवाफ दिएको भनेर निरिहता प्रकट गरेको आरोप लगाएका छन्।

कार्यबहाक सभापति बुढाले भने महासमिति सदस्य निर्वाचन अवैध भएको विषयमा केन्द्रीय निर्वाचन परिचालन समितिमा समेत पत्र पठाएका छौँ। यस्तै महाधिवेशन प्रतिनिधि दिलमाया शाहीले पनि जिल्ला र केन्द्रीय कार्यालयमा उजुरी दिएकी छन्।

जुम्लामा नेपाली कांग्रेस महासमिति सदस्य निर्वाचन तालिका अनुसार मंसिर दुई गतेबाट निर्वाचन सुरु भएर पाँच गते सम्पन्न भएको थियो।

निर्वाचनबाट ललितजंग शाही, जयहरी आचार्य, दिनबन्धु श्रेष्ठ, गौरीनन्द आचार्य, लंक व शाही, दिलबहादुर महत, लक्ष्मी प्रसाद आचार्य, रामदेवि खड्का, भगवती श्रेष्ठ, पुन्नकली महतारा र श्रीकृष्ण कामी निर्वाचित भएको निर्वाचन अधिकृत शाहीले बताए।

Next Post

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

१३ पुष २०८०, शुक्रबार १८:४५
नाबालिग  गौशाला २६ बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने अन्तत: बलात्कारी प्रमाणित भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनी बलात्कारी भएको फैसला गरेको हो। फैसलाअनुसार बलात्कारी लामिछाने तीन वर्षभन्दा बढी जेल जानेछन् । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले पुस २५ गते […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।