एकाधिकार विरोधी कानुन तोडेको मुद्दामा गुगलको हार

हिमशिखर संवाददाता २१ श्रावण २०८१, मंगलवार १७:२२

अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगललाई ठुलो झट्का लागेको छ। अमेरिकामा एकाधिकार विरोधी कानुनको उल्लङ्घन गरेको मुद्दामा सोमबार एउटा सङ्घीय अदालतले गुगलको विपक्षमा फैसला गरेको हो।

साक्षीहरूले दिएको बयान र उपलब्ध प्रमाणका आधारमा गुगल स्वेच्छाचारी भएको र सर्च इन्जिनको क्षेत्रमा आफ्नो वर्चश्र्वको दुरुपयोग गरेको भेटिएको भन्दै सोमबारको फैसलामा कोलम्बियाकी जिल्ला न्यायाधीश अमित मेहताले भनेकी छिन्।

स्मार्टफोन र वेब ब्राउजरमा आफूलाई डिफल्ट सर्च इन्जिन बनाउन कम्पनीले दसौँ अर्ब डलर खर्चेर एप्पललगायत अन्य कयौँ कम्पनीसँग विशेष करार गरेको थियो।

सर्च इन्जिन बजारमा आफ्ना दबदबाको दुरुपयोग गरेर प्रतिस्पर्धा मिच्ने व्यवहार रोक्नै पर्ने मेहताले भनेकी छिन्।

सन् २०२० मा अनलाइन सर्च बजारको झन्डै ९० प्रतिशत गुगलले आफ्नो कब्जामा लिएको भन्दै अमेरिकाको न्याय मन्त्रालयले कम्पनीमाथि मुद्दा हालेको थियो।

सोमबारको फैसलाले गुगलको मातृ कम्पनी अल्फाबेटलाई समेत ठुलो झट्का दिएको छ। यस मामिलामा कम्पनीले तिर्नु पर्ने जरिवाना पछि तोकिने भएको छ।

यो फैसलापछि अब कम्पनीले आफ्नो व्यवसायको पुनः संरचना गर्नु पर्नेछ। कम्पनी नै टुक्र्याउनु पर्ने स्थिति पनि आउन सक्नेछ। यो फैसलाको विरुद्धमा अदालतमा जाने योजना अल्फाबेटले बनाइरहेको छ।

Next Post

जाजरकोट मा बुलेरे जीव दुर्घटना हुदा  एक जनाको घटनास्थलमै मृत्यु

२१ श्रावण २०८१, मंगलवार १७:२२
जाजरकोट मा बुलेरे जीव दुर्घटना हुदा  एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक भेरी नगरपालिका–६ गंगटिया बस्ने वर्ष ३४ का मान बहादुर वली रहेका छन् । मङ्गलवार दिउँसो ३ बजेको समयमा खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो […]

सम्बन्धित समाचार