एमबीबीएस पढ्नेले तातोपानी गाउँपालिकाबाट १५ लाख पाउने

महेश चाैलागाँई २५ असार २०८०, सोमबार १३:०४

जुम्लाको तातोपानी गाउँपालिकाका जेहेन्दार, दलित तथा अल्पसंख्यक छात्रछात्राहरुले एमबीबीएस अध्ययन गर्न परे पालिकाबाट १५ लाख रुपैयाँ छात्रवृत्ति पाउने भएका छन्।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यात प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेमा उक्त विद्यार्थीलाई पढाइ खर्चका लागि १५ दिने भएको हाे।

प्रत्येक वर्ष एक जनालाई एमबीबीएस छात्रवृत्ति शीर्षकमा रु १५ लाख रकम निवियोजन गरिने गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए।

‘चिकित्साशास्त्रमा स्नातक तह (एमबीबीएस) अध्ययन गर्ने विद्यार्थीलाई नीति तथा कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेका छौँ,’ उनले भने, ‘पालिकाको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने हुँदा याे कार्यक्रम ल्याइएकाे हाे।’

उनका अनुसार एमबीबीएस अध्ययन गर्नेलाई प्रतिवर्ष एक जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गराउनेछ। एमबीबीएस प्रवेश परीक्षामा पास भएका तातोपानीका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले जानकारी दिए।

गाउँपालिकाको वडा नं. ५ मा निर्माण हुने अस्पतालको निर्माण कार्यलाई छिटो सम्पन्न गरी पाँच शैया अस्पतालको स्थायी दरबन्दी तत्काल स्वीकृतिका लागि सम्बन्धी निकायमा पहल गरी सञ्चालनमा ल्याइने गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताइन्।

एमबीबीएस पढिसकेपछि कम्तिमा दुई वर्षसम्म निःशुल्क पाँच शैया अस्पतालमा सेवा दिने गरेर कार्यविधि बनाउने अध्यक्ष चौलागाईको भनाइ छ। पालिकाका प्रत्येक माध्यमिक स्तरका सामुदायिक विद्यालयमा नर्सिङ सेवा संचालनका लागि नीति तथा कार्यक्रमा ल्याएको तातोपानी गाउँपालिकाले जनाएको छ।

यसअघि जिल्लाको पातातरासी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएकाे थियाे। तर हालसम्म कसैले उक्त छात्रवृत्तिकाे उपयोग गरेका छैनन्।

Next Post

प्रहरीका अनुसार दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।

२५ असार २०८०, सोमबार १३:०४
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकाे सिमानामा पर्ने लाम्जुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियाे। […]