पाटेबाघको आक्रमणबाट बर्दियामा दुई जनाको ज्यान गयो

हिमशिखर संवाददाता ११ कार्तिक २०७७, मंगलवार २०:३३

बर्दिया: पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए।

ज्यान गुमाउनेहरुमा मधुवन नगरपालिका–३ मुक्तकमैया बस्तीका २७वर्षीय दिनेश चौधरी र २६ वर्षीय रमेश थारु रहेका छन् । बिहान जंगलमा च्याउ खोज्न गएका चौधरी दिउँसोसम्म घर नफर्किएपछि उनलाई खोज्न गएका थारुलाई पनि बाघले आक्रमण गरेर मारेको प्रमुख वाग्लेले बताउनुभयो ।

मृतक दुई जना साला भेना हुन् । मधुवन नगरपालिकामा एक हप्तामै चार जनालाई बाघले मारेको छ । बितेको साढे एक वर्षमा बर्दिया राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला बन क्षेत्रमा पाटे बाघको आक्रमण परि ९ जनाको ज्यान गएको छ ।

बाघले घाँस दाउरा लिन जंगल गएका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि स्थानीयको ज्यान लिने गरेको छ । मानिसलाई बारम्बार आक्रमण गर्ने बाघलाई नियन्त्रण गर्नुपर्ने भन्दै मृतक चौधरी र थारुका आफन्तले शव बुझ्न मानेका छैनन् ।

Next Post

भारत र अमेरिका विच एउटा रक्षा सम्झौतामा हस्ताक्षर

११ कार्तिक २०७७, मंगलवार २०:३३
भारत र अमेरिकाले एउटा रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्बीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने भएकोले यो सम्झौता निकै महत्वूर्ण रहेको बीबीसीले जनाएको छ । सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । ती सूचनाहरु […]